नियम ९९
शैक्षिक तथा सन्तति वृत्ति
(१) कुनै निजामती कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा सोही
कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा त्यस्तो मृत वा अशक्त कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर
नपुगुन्जेल देहायको दरले वार्षिक शैक्षिक वृत्ति दिइनेछ ः-
(क) राजपत्राङ्कित कर्मचारीको प्रत्येक सन्ततिलाई दुई हजार चारसय रुपैयां,
(ख) राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीको प्रत्येक सन्ततिलाई एक हजार आठसय रुपैयां ।
(२) सरकारी कामको सिलसिलामा मृत्यु भएको निजामती कर्मचारीको बढीमा दुई सन्ततिलाई उपनियम (१) बमोजिमको शैक्षिक
वृत्ति लगायत मृत कर्मचारी बहाल रहेको पदको शुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तति वृति समेत
दिइनेछ ः- शुरु तलबको
कर्मचारीको पद प्रतिशत
(क) मुख्य सचिव – ६
(ख) सचिव र सो सरह – ६.५
(ग) अतिरिक्त सचिव र सो सरह – ७
(घ) सह–सचिव र सो सरह – ८
(ङ) उपसचिव र सो सरह – १०
(च) शाखा अधिकृत र सो सरह – १२
(छ) नायब सुब्बा र सो सरह – १२
(ज) खरिदार र सो सरह – १२
(झ) मुखिया र सो सरह – १३
(ञ) बहिदार र सो सरह – १४
(ट) श्रेणीविहीन तथा राजपत्रअनङ्कित पांचौ श्रेणी – १५
(३) उपनियम (२) बमोजिमको वृत्ति सम्बन्धित सन्ततिले अठार वर्ष उमेर पूरा नगरेसम्म पाउनेछ ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “सन्तति” भन्नाले सम्बन्धित निजामती कर्मचारीको छोरा वा छोरी सम्झनु पर्छ ।